Home समाचार त्रिभुवन विमानस्थलमा शंकास्पद वस्तु रहेको आशंकामा आन्तरिक उडानका यात्रु बाहिर निकालियो

त्रिभुवन विमानस्थलमा शंकास्पद वस्तु रहेको आशंकामा आन्तरिक उडानका यात्रु बाहिर निकालियो

by ईलालटिन
0 comment

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा शंकास्पद वस्तु रहेको आशंकामा सुरक्षा बढाइएको छ।अज्ञात व्यक्तिले विमानस्थलको यात्रु पर्खने ठाउँमा बम राखेको भनेर फोनमा जानकारी आएपछि आन्तरिक उडानका सबै यात्रुहरुलाई विमानस्थलको पार्किङ क्षेत्रमा निकालिएको छ।

अहिले नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीसहितको टोलीले सर्च अपरेसनमा लागेको महानगरीय प्रहरी कार्यालय रानीपोखरी निमित्त प्रमुख डिआईजी उत्तम सुवेदीले सेतोपाटीलाई जानकारी दिए।‘अज्ञात व्यक्तिले विमानस्थलका ड्युटी अफिसरलाई शंकास्पद बस्तु रहेको भन्दै फोन गरेका थिए। घटनाबारे प्रहरीले अनुसन्धान सुरू गरेको छ। विमानस्थलमा प्रहरीहरू खटिएका छन्’, उनले भने। केही समयका लागि आन्तरिक उडान बन्द गरिएका छन्। अन्तर्राष्ट्रिय उडान भने भइरहेको छ। सेतोपाटी ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com