Home समाचार पूर्वी नवलपरासीमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप, उम्मेदवार घाइते

पूर्वी नवलपरासीमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप, उम्मेदवार घाइते

by ईलालटिन
0 comment

काठमाडौं । पूर्वी नवलपरासीमा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ।हुप्सेकोट गाउँपालिकामा अध्यक्षका लागि कांग्रेसकी उम्मेदवार लक्ष्मीदेवी पाण्डे र उपाध्यक्ष उम्मेदवार पूर्णसिंह रानामाथि एमाले कार्यकर्ताले मंगलबार आक्रमण गरेको आरोप कांग्रेसको छ।लक्ष्मीदेवी निवर्तमान गाउँपालिका अध्यक्ष पनि हुन्। ५०/६० वटा मोटरसाइकल र केही संख्यामा गाडीमा आएका एमाले कार्यकर्ताले उम्मेदवारमाथि आक्रमण गरेको कांग्रेसको दाबी छ।

झडपमा परेर कांग्रेस र एमालेतर्फ गरी ६ जना घाइते छन्। अध्यक्ष उम्मेदवार पाण्डे र उपाध्यक्ष उम्मेदवार रानाको चितवनमा उपचार भइरहेको छ।यस्तै उम्मेदवार पाण्डे सवार स्कारपियो गाडीका सीसा पनि फुटाइदिएका छन्।वडा नम्बर ३ मा चुनावी प्रचारको कार्यक्रम सकेर फर्कने क्रममा एमाले कार्यकर्ताहरूले आफ्ना उम्मेदवारहरूमाथि लाठी, खुकुरी लगायतले आक्रमण भएको कांग्रेस नवलपरासी पूर्वले जनाएको छ।एमालेले भने कांग्रेसले आफ्ना कार्यकर्तमाथि आक्रमण गरेको दाबी गरेको छ।प्रहरीले भने कांग्रेस र एमाले कार्यकर्ता जम्काभेट हुँदा भनाभन भएपछि झडप भएको पाइएको बताएको छ। एमालेका तीन जना कार्यकर्ताको मध्यविन्दू अस्पतालमा उपचार गरिएको प्रहरीले जनाएको छ।सेतोपाटी ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com