Home अर्थ/वाणिज्य अन्नपूर्ण केवलकारमा यात्रुका लागि निःशुल्क बस सेवा सुरु

अन्नपूर्ण केवलकारमा यात्रुका लागि निःशुल्क बस सेवा सुरु

by ईलालटिन
0 comment

काठमाडौं ।  पोखरास्थित अन्नपूर्ण केवलकारले यात्रुकालागि बस सेवा सञ्चालन गरेको छ । बिहान ५ बजेदेखि सेवा सुरु गरेको केवलकारले स्वदेशी तथा विदेशी पर्यटकको सुविधाकालागि बस सेवा सुरु गरेको हो । केवलकार स्टेशन रहेको सेदीबगरसम्म पुग्नकालागि कम्पनीले पोखराका विभिन्न स्थानबाट निःशुल्क बस सेवा समेत सञ्चालनमा ल्याएको छ ।

केवलकारमा यात्रा गर्ने स्वदेशी तथा विदेशी यात्रुलाई बिहान ४ः२५ मा फिस्टेल गेट, ४ः३० मा आम्बोट गेट, ४ः३५ मा गौरीघाट, ४ः४० मा बाराही चोक, ४ः४५ मा सेन्टर पोइन्ट र ४ः५० मा हल्लन चोकबाट स्टेशनसम्म लैजानका लागि बस पुग्नेछ । केवलकारले बिहान ५ बजेदेखि नै सेवा सुरु गर्न लागेको हो । सराङकोटको डाँडाबाट माछापुच्छ्रे लगायत थुप्रै हिमालको मनोरम र सूर्योदय हेर्न चाहने पर्यटककालागि यो सुविधा प्रदान गर्न लागिएको कम्पनीले जनाएकाे छ । मेरोलगानी ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com