Home बुलेट न्युज कुश्मामा आगलागी, ठुलो क्षति हुनबाट ट¥यो

कुश्मामा आगलागी, ठुलो क्षति हुनबाट ट¥यो

by ईलालटिन
0 comment

पर्वत । पर्वतको सदरमुकाम कुश्माको एक घरमा आगलागी भएको छ । कुश्मा नगरपालिका ५ लोकतान्त्रिक चोक स्थित गोविन्द टेलरिङमा आगो लागेको हो ।

कुश्मा नगरपालिकाको दमकलले समयमै आगोलाई नियन्त्रणमा लिएका कारण ठुलो धनजनको क्षति हुन पाएन । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीले प्रारम्भिक अनुसन्धानमा घरभित्रको बिजुली सर्ट भई आगलागी भएको हुन सक्ने बताए ।

दमकल सँगै आगो नियन्त्रणमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल आर्मी र स्थानीय युवाहरू लागि परेका थिए । त्यसतै कुश्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोशी समेत आगो नियन्त्रणमा लागेका थिए । बागलुङ नगरपालिकाको दमकल समेत आगो नियन्त्रणका लागि आइपुगेको थियो ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com