पर्वत । नेपाल सरकार र अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्ने तयारी भएका बेला संसद् बैठक छल्न अर्थमन्त्री जनार्दन शर्मा पर्वतको एक कार्यक्रममा सहभागी बन्न कुश्मा आइपुगेका छन् ।
आज प्रतिनिधि सभा बैठकमा एमसीसी पारित गर्नेका लागि एमसीसी सम्झौता माथि सामान्य छलफल गरियोस् भनी प्रस्ताव पेस गर्ने कार्य सूची रहेको छ ।
तर नेकपा माओवादी केन्द्रले विपक्षमा मतदान गर्ने तयारी गर्दै गर्दा अर्थमन्त्री शर्मा संसद् छल्नकै लागी हिजो नै सदरमुकाम कुश्मा आएका हुन् ।
यसअघि एमसीसी टेबल गर्दा पनि अर्थमन्त्री शर्मा संसद्मा अनुपस्थित रहेका थिए ।

संसद् छल्न कुश्मा आइपुगेका अर्थमन्त्री शर्माले आज दिउँसो पर्वत उद्योग वाणिज्य सङ्घको साधारण सभा उद्घाटन गर्ने र सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।