Home अर्थ/वाणिज्य लगानीकर्ताले शेयर लोन पाउन थाले, त्यसैले बढायो कारोबार, तर ब्याज महँगियो, कति प्रतिशत पुग्यो ब्याज?

लगानीकर्ताले शेयर लोन पाउन थाले, त्यसैले बढायो कारोबार, तर ब्याज महँगियो, कति प्रतिशत पुग्यो ब्याज?

by ईलालटिन
0 comment

काठमाडौं ।  शेयर बजारका लगानीकर्ताले बिस्तारै मार्जिन लोन पाउन थालेका छन्।  बैंक वित्तीय संस्थाबाट शेयर धितो राखेर लगानीकर्ताले ऋण पाउन थालेका हुन्। यसअघि सिडी रेशियो र तरलताका कारण बैंक तथा वित्तीय संस्थाबाट शेयर ऋण पाउन मुस्किल हुने गरेको थियो। यसअघि जति पटक नयाँ ऋण माग्न गए पनि बैंक तथा वित्तीय संस्थाले सिडी रेशियो र तरलताको अभाव देखाउँदै लगानीकर्तालाई फर्काउने गरेका थिए।

तर यति बेला भने बैंक वित्तीय संस्थाले नयाँ ऋणको फाइल अघि बढाउन थालेका छन्। तर लगानीकर्ताले माग गरे भन्दा आधा मात्रै बैंकहरुले ऋण स्वीकृत गर्ने गरेका छन्। पर्याप्त रकम नभएकोले यतिमै चित्त बुझाउन बैंकहरुले अनुरोध गर्ने गरेका छन्। लगानीकर्ताले पाउँदै नपाउनु भन्दा आधा नै भएपनि पाउँदा सहजै मानेका छन्। “पहिले नयाँ फाइल नै स्वीकृत गर्न आनाकानी गर्ने बैंकले अहिले भने ऋण स्वीकृत गर्न थालेका छन्। तर मागे जति भने दिएका छैनन्। मागे भन्दा थोरै घटाएर लैजान भने। पाउँदै नपाउनु भन्दा आधा नै भएपनि पाउँदा सहजै लागेको छ,”  शेयर लगानीकर्ता सन्तोष भट्टराईले मेरो लगानीसँग भने।

लगानीकर्ताले शेयर लोन पाउन थालेको विषयमा ब्रोकर कम्पनी भिजन सेक्युरिटिज पनि सहमत छ। पछिल्लो समय लगानीकर्ताले शेयर लो-न पाउन थालेसँगै कारोबार रकम समेत बढ्दै गएको सेक्युरिटिजको भनाइ छ। “पछिल्लो समय लगानीकर्ताले लोनको पैसा बजारमा राम्रै गरी लगाउन थालेका छन्। कारोबार रकम बढ्दै जानुको कारण पनि यही हो,” सेक्युरिटिजका एक अधिकारीले मेरो लगानीसँग भने। बैंक तथा वित्तीय संस्थाले भने शेयर लोन रोकिँदै नरोकिएको बताएका छन्। बरु पछिल्लो समय ब्याज भने थोरै थोरै वृद्धि भएको एक बैंकका शेयर शाखा प्रमुखले बताए। “कुनै पनि किसिमको ऋण बैंकले रोकेकै छैनन्। नियामकिय प्रावधान भित्र रहेर ऋण उपलब्ध गराउँदै आएका छौ। तर केही ठाउँमा भने राष्ट्र बैंकले नै नदिनु भन्ने निर्देशन दिएकाले त्यस्ता ठाउँमा भने ऋण दिन रोकिएको छ। शेयर ऋण त रोकिएकै छैन।

बरु चार करोड भन्दा माथि भने दिइएको छैन। कसैले करोड माथि माग गरेको छ भने उनीहरूलाई थोरै कम गर्ने गरिएको छ। तर एक करोड मुनी माग गर्नेले भने माग अनुसार नै ऋण पाउँदै आएका छन्,” ती बैंकरले भने। शेयर ऋणमा सहजता देखिएसँगै दोस्रो बजारमा त्यसको असर देखिन सुरु गरेको छ। पछिल्लो केही दिनदेखि दोस्रो बजारमा कारोबार रकम बढ्दै गएको छ। पुसको अन्तिम सातादेखि कारोबार रकम बढ्दै गएको हो। गएको दुई महिना यता कारोबार रकम एक अर्ब ८२ करोड रुपैयाँसम्म झरेको थियो। माघ लागेसँगै दोस्रो बजारमा कारोबार रकम बढेर नौ अर्ब हाराहारीमा उक्लिएको छ। जसले पनि शेयर ऋण मार्फत बजारमा पैसा आउन थालेको बुझ्न सकिन्छ।

बिस्तारै लगानीकर्ताले शेयर -ऋण सहजै पाउने वातावरण बन्दै जाँदा बैंक तथा वित्तीय संस्थाले उक्त कर्जाको ब्याजदर भने बढाएका छन्। पछिल्लो समय ११ प्रतिशतभन्दा तल शेयर ऋण पाउन छाडेको छ। यसअघि लगानीकर्ताले सहजै आठ प्रतिशतसम्म ब्याजमा ऋण पाउने गरेका थिए। तर उक्त ब्याजदर भने बैंक अनुसार फरक छन्। कुनै बैंक वित्तीय संस्थाले साढे १२ प्रतिशतसम्म पनि लिने गरेका छन्। बैंक र ऋणी बीच हुने सहमतिको आधारमा ब्याजदर तय हुने भएकोले पनि ब्याज निर्धारण लगानीकर्ताले गर्ने बार्गेनिङमा तय हुन्छ। मेरोलगानी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com