281
काठमाडौं । लोक सेवा आयोगले नायव सुब्बा पदका लागि दरखास्त आव्हान गरेको छ। बुधबार आयोगले सूचना निकालेर राजपत्र अनङ्कित प्रथम श्रेणी अप्राविधिक खुला तथा समावेसी नायव सुब्बा पदका लागि दरखास्त आव्हान गरेको हो। आयोगले विभिन्न सेवा समूहमा दुई सय भन्दा धेरै खुला तथा समावेशी पदमा दरखास्त आव्हान गरेको हो। आगामी माघ १८ गतेसम्म दरखास्त दिन सकिने र दोब्बर दस्तुर तिरेर माघ २५ गतेसम्म आयोगको अनलाइन http://psconline.psc.gov.np मा गएर फारम भर्न सकिने आयोगले जनाएको छ। सेतोपाटी ।
