Home विशेष ट्राफिक जरिवाना मेसिनबाट तिर्न सकिने

ट्राफिक जरिवाना मेसिनबाट तिर्न सकिने

by ईलालटिन
0 comment

काठमाडौं  । ट्राफिक नियम उल्लंघन गरेबापतको जरिवाना अब मेशिनबाटै तिर्न सकिने भएको छ । ट्राफिक नियम उल्लंघन गरेबापत चालकहरूले तिर्नुपर्ने जरिवाना रकम प्रभु–पेको किअस्क मेसिनमार्फत तिर्न सकिने महानगरीय ट्राफिक महाशाखाले जनाएको छ । यसअघि चालकले ग्लोबल आईएमई बैंकमार्फत भौचर भरेर ट्राफिक जरिवाना तिर्दै आएका थिए ।

पछिल्लो समय ६४ वटा बैंकको मोबाइल बैंकिङ, डिजीटल वालेटका १४ वटा जरिवाना भुक्तानी सेवा प्रदायक संस्थाहरु र क्यूआर पेमेन्ट मार्फत पनि जरिवाना तिर्न सकिने व्यवस्था संचालनमा छ । -बुधवार  आयोजित कार्यक्रममा ट्राफिक प्रहरी महाशाखाका प्रहरी बरिष्ठ उपरीक्षक उमेश राज जोशी र प्रभु–पेका अध्यक्ष कुसुम लामाले संयुक्त रुपमा नगद पैसा हालेर ट्राफिक जरिवाना तिर्न सकिने प्रविधि प्रभु–पेको किअस्क मेसिन उद्घाटन गरेका छन् ।

एसएसपी जोशीले ट्राफिक सेवालाई थप प्रविधिमैत्री बनाउँदै आम सेवाग्राहीलाई ट्राफिक जरिवाना तिर्न सरल एव सहज होस भन्ने उद्देश्यले सो मेसिनको जडान गरेको बताए । प्रभु–पेका अध्यक्ष कुसुम लामाले मेसिनले बैंकिङ कारोबार बन्द भएको समयमा समेत सेवा दिने बताइन् । हाल ट्राफिक महाशाखा सहित उपत्यकामा ३०९ स्थानमा प्रभु–पेको किअस्क मेसिनबाट ट्राफिक जरिवाना तिर्न सकिने र थप सहकार्य गरि अन्य ट्राफिक प्रहरी कार्यालयहरूमा समेत जडान गर्दै जाने अध्यक्ष लामाले बताइन् । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com