Home विशेष कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई राप्रपाको समर्थन

कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई राप्रपाको समर्थन

by ईलालटिन
0 comment

सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई समर्थन गरेको छ। यसअघि अल्पमतमा परेका निवर्तमान मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत नदिएर तटस्थ बसेको राप्रपाले अहिले भने नेपाली कांग्रेस संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई समर्थन गर्ने भएको हो। राप्रपा कर्णाली प्रदेश सभा संसदीय दलकी नेता सोशीला शाहीले मुख्यमन्त्री शाहीलाई समर्थन गरिएको बताइन्।

कर्णाली प्रदेशमा राप्रपाको एक जना मात्रै सांसद छ।राप्रपाको समर्थनसँगै मुख्यमन्त्री शाहीलाई अब २२ जना सदस्यको समर्थन पुगेको छ।यसअघि कात्तिक १६ गते मुख्यमन्त्री नियुक्त हुँदा शाहीले कांग्रेसका ६, माओवादीका १२ र एकीकृत समाजवादीका ३ जनाको समर्थनमा नियुक्त भएका थिए। आज मुख्यमन्त्री शाहीले विश्वासको मत लिन लागेका छन्। यही प्रयोजनका लागि बसेको प्रदेश सभा बैठकमा दलको तर्फबाट प्रदेश सभा सदस्यहरूले धारणा राखेका छन्। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com