Home समाचार जुम्लामा बस दुर्घटना, २ जनाको मृत्यु

जुम्लामा बस दुर्घटना, २ जनाको मृत्यु

by ईलालटिन
0 comment

जुम्ला ।    जुम्लाको सिँजा गाउँपालि–१ स्थित जाँचमा बस दुर्घटना भएको छ । दुर्घटनामा २ जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । गोठिज्युलाबाट सुर्खेततिर जाँदै गरेको ना.६ ख ४४३८ नम्बरको बसमा सवार कालिकोट घर भएका ३२ वर्षीय विशाल बम र गाडी चालक दैलेख घर भएका ३२ वर्षीय नविन रावलको मृत्यु भएको छ ।

दुर्घटनामा परेर जुम्लाको कनकासुन्दरी गाउँपालिका घर भएका वीरबल घर्ती र ४० वर्षीया उब्जी सार्की गम्भिर घाइते भएका छन् । गाडी सडकबाट १०० मिटर तल खसेको छ । घाइतेहरूलाई उपचारका लागी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा लगिएको छ ।रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com