Home विशेष प्रदीप यादवको प्रतिक्रिया : ‘पार्टी निर्णयलाई सम्मान गर्छु, तर सत्यतथ्य छानविन होस्’

प्रदीप यादवको प्रतिक्रिया : ‘पार्टी निर्णयलाई सम्मान गर्छु, तर सत्यतथ्य छानविन होस्’

by ईलालटिन
0 comment

काठमाडौं । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समितिबाट निलम्बनमा परेका प्रतिनिधिसभा सदस्य प्रदीप यादवले पार्टीको निर्णयलाई सम्मान गर्दै थप छानविनका लागि माग गरेका छन् ।  हिजो सम्पन्न जसपाको कार्यकारिणी समितिको बैठकले सांसद यादवलाई पार्टीको अनुशासन विपरित काम गरेको आरोपमा केन्द्रीय समितिबाट निलम्बन गरेको थियो । मन्त्री पद नपाएको भन्दै पार्टीको झण्डा जलाएको, पार्टी कार्यालय तोडफोड गरेको आरोप प्रदीप यादवमाथि छ ।

कारवाहीमा परेका प्रदीप यादवले भने, ‘पार्टीले गरेको निर्णयलाई सम्मान गर्छु तर जुन आरोप ममाथि लगाइएको छ, त्यसको सत्यतथ्य छानविन हुनुपर्छ, म अहिल्यै पनि भन्छु, म गलत छैन, म निर्दोष छु ।’ पार्टीले कारवाही गर्ने निर्णय गरेपनि कार्यकारिणी सदस्य नवराज सुवेदीको ध्यक्षतामा छानविन गर्ने एउटा समिति बनेको छ । त्यसले पुनः घटनाको बारेमा छानविन गर्नेछ । छानविन गरेपछि पार्टीलाई प्रतिवेदन बुझाउनेछ ।’ कार्यकारिणी समितिको बैठकले केन्द्रीय समिति विस्तार गरेको छ ।

डा.सुर्यनारायण यादव (सप्तरी), विकास तिवारी (सप्तरी), चन्देश्वर सदाय (सिरहा), विजय सरावगी (पर्सा), दिलकुमारी (कर्णाली) सिद्धान्त राई (उदयपुर) शिवसुन्दर शाही (अछाम) लाई जसपाको केन्द्रीय समितिमा मनोनित गरेको पार्टीले जनाएको छ ।  पार्टीको विधानअनुसार केन्द्रीय समिति ८०० सदस्यीय रहेपनि हाल ५२६ जना सदस्य रहेका छन् । त्यस्तै, केन्द्रीय कार्यकारिणी समिति मंसिर मसान्तभित्र विस्तार गर्ने निर्णय गरेको छ । वरिष्ठ नेता अशोक राईको संयोजकत्वमा गठन भएको पाँच सदस्यीय समितिले कार्यकारिणी समिति विस्तारमा क–कसलाई राख्ने विषयमा छलफल गरी प्रतिवेदन तयार गरी पार्टीमा बुझाउने छ र त्यसका आधारमा निर्णय हुने बताइएको छ । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com