Home विश्व/प्रवास बाइडेनको ‘डेमोक्रेसी समिट’मा नेपालसहित ११० मुलुकलाई निम्तो

बाइडेनको ‘डेमोक्रेसी समिट’मा नेपालसहित ११० मुलुकलाई निम्तो

by ईलालटिन
0 comment

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले अर्को महिना संसारभरिका प्रजातान्त्रिक मुलुकहरूसँग डेमोक्रेसी समिट गर्दैछन्।अमेरिकी विदेश मन्त्रालय ह्वाइटहाउसले दिएको जानकारीअनुसार डिसेम्बर ९-१० मा हुने भर्चुअल समिटमा ११० देशलाई निम्तो दिइएको छ। निम्तो पाउने मुलुकहरूमा नेपाल पनि पर्छ। मंसिर पहिलो साता काठमाडौं आएका दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी उपविदेश मन्त्री डोनाल्ड लुले प्रधानमन्त्री शेरबहादुर देउवासँग बालुवाटारमा भएको भेटका क्रममा उक्त समिटका लागि निम्तो दिएका थिए।

प्रधानमन्त्री देउवाले अ-मेरिकाको निम्तो स्वीकार्दै आफू समिटमा सहभागी हुने जानकारी दिइसकेका छन्।दक्षिण एसियाली क्षेत्रबाट उक्त समिटका लागि नेपाल, भारत, पाकिस्तान र माल्दिभ्सलाई मात्र निम्तो दिइएको छ। बंगलादेश, भुटान, श्रीलंका र अफगानिस्तानलाई अमेरिकाले निम्तो पठाएन। गत जनवरीमा अमेरिकी राष्ट्रपतिको कार्यभार सम्हालेका बाइडेनले यो समिटलाई निकै महत्वका साथ प्रस्तुत गरेका थिए। डोनाल्ड ट्रम्पका पालामा अमेरिकाले प्रजातान्त्रिक प्रणालीका लागि विश्वलाई नेतृत्व दिन नसकेका बेला बाइडेन प्रजातान्त्रिक मुलुकहरूबीच सम्बन्धलाई मजबुद् बनाउन यो समिट आयोजना गरेका हुन्।

प्रजातन्त्रको सुदृढिकरण, तानाशाहको प्रतिरोध, भ्रष्टाचारविरूद्ध लडाइँ र मानवअधिकार सम्मानको प्रवर्द्धन गर्ने समिटको उद्देश्य छ।  समिटका लागि अमेरिकाले चीन, रूस, टर्कीलगायत मुलुकका नेताहरूलाई भने निम्तो नै दिएको थिएन। चीनले आफ्नो अभिन्न अंग भन्दै आएको ताइवानका नेता/अधिकारी यो समिटमा सहभागी हुने भएका छन्।पछिल्लो समय ताइवानका विषयमा अमेरिका र चीनको मतभेद चुलिरहेका बेला डेमोक्रेसी समिटमा ताइवानको सहभागिताले तिक्तता झन् बढ्ने देखिन्छ। यस्तो छ डेमोक्रेसी समिटमा सहभागी हुन लागेका मुलुकको सूची:

अल्बानिया,  अंगोला ,एन्टिगुवा र बारबुडा ,अर्जेन्टिना ,आर्मेनिया,अस्ट्रेलिया,अस्ट्रिया,बहामास,बार्बाडोस,बेल्जियम,बेलिज,बोत्स्वाना,ब्राजिल,बुल्गेरिया,काबो वर्दे,क्यानडा,चिली,कोलम्बिया,कोस्टारिका,क्रोएसिया,साइप्रस,चेक गणतन्त्र,प्रजातान्त्रिक गणतन्त्र कंगो,डेनमार्क,डोमिनिका,डोमिनिकन गणतन्त्र,इक्वेडर,इस्टोनिया,फिजी आदी ।सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com