काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मंगलबार भक्तपुरमा निर्वाचन क्षेत्रको कार्यसमिति र महाधिवेशन प्रतिनिधि छानिएका छन् । भक्तपुर – १ को सभापतिमा जीवन खत्री निर्वाचित भएका हुन् । त्यसैगरी सचिवमा समुन्द्र थापा र रविन कुमार केसी, सहसचिवमा राम काजी भुज र राजेश्वर वन निर्वाचित भएका छन् ।
क्षेत्र १ बाट १४ औं महाधिवेशन प्रतिनिधिहरूमा प्रविन वन, बाबुराजा जोशी, राधा कार्की (सरु बानिँया), कृष्णलाल भँडेल, जगननाथ कार्की, राजाराम खड्का, दयामान कमर्चाय, हरिप्रसाद नेपाल, पुष्कर खत्री, पुरुषोत्तम लामिछाने, मनोज कुमार थापा निर्वाचित भएका छन् ।यस्तै शुभद्रा काफ्ले, संगिता फुयाँल, रुपा थापा, गंगालक्ष्मी अवाल, रजनी जोन्छे, रञ्जना कक्षपति, सुरेश श्रेष्ठ, रत्न सुन्दर खाइतु, जीवन भुजु, केशव दुवाल, हरि कृष्ण श्रेष्ठ महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । त्यसैगरी जीवन खत्री, गोविन्द थापा, नवराज दाहाल रहेका छन् । महाधिवेशन प्रतिनिधिमा निर्वाचित मध्य ४ जना बाहेक अन्य सबै संस्थापन पक्षको हरेको स्रोतले जानकारी दिएको छ । रातोपाटी ।