Home राजनीति कार्यवाहक सभापति र सांसदसहित स्याङ्जाका ‘हस्तीहरू’ पराजित

कार्यवाहक सभापति र सांसदसहित स्याङ्जाका ‘हस्तीहरू’ पराजित

by ईलालटिन
0 comment

युवराज श्रेष्ठ।
पोखरा ।
नेपाली कांग्रेस स्याङ्जाका कार्यवाहक सभापति, सांसदसहित ‘हस्ती’हरू केन्द्रीय महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्। महाधिवेशनमा सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरू प्यानल बनाएर निर्वाचन लडेका थिए।

स्याङ्जामा प्रतिनिधि सभाका २ वटा निर्वाचन क्षेत्र छन्। दुबै क्षेत्रबाट ५० जना महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्। जसमा क्षेत्र नम्बर १ मा सभापति शेरबहादुर देउवा पक्ष कमजोर देखिएको छन् भने क्षेत्र नम्बर २ मा पौडेल पक्ष कमजोर देखिएको स्याङ्जा कांग्रेसका एक नेताले जानकारी दिए।

महाधिवेशन प्रतिनिधिमा स्याङ्जाका कार्यवाहक सभापति बुद्धिबहादुर राना ‘कुमार’, प्रतिनिधि सभाका सांसद मोहनप्रसाद पाण्डे, राष्ट्रिय सभाका पूर्वसदस्य एवं पूर्वजिल्ला सभापति खगेन्द्रराज रेग्मी, पूर्वसांसद एवं सभापति शंकरप्रसाद पाण्डे, भोजराज अर्याललगायत पराजित भएका छन्।

जिल्लामा कांग्रेसको लामो समय नेतृत्व गरेका नेताहरू पराजित भएर युवा पुस्ताले बढी जितेका ती नेताले बताए।

उनले भने, ‘स्याङ्जा कांग्रेसका हस्तीहरू गुटगत राजनीतिको शिकार भए।’

नेपाली कांग्रेस स्याङ्जाका सभापति कमलप्रसाद पंगेनीको निधन भएपछि कार्यवाहक सभापति बनेका कुमार जम्मा १४ मतले पराजित भएका छन्। सांसद र सभापतिसहित अधिकांश पुराना नेताले चुनाव हारेपछि उनीहरूको १४ औं महाधिवेशनबाट केन्द्र, प्रदेश र जिल्ला सभापति बन्ने सम्भावना पनि सकिएको छ।

यस्तै, मेडिकल व्यवसायी खुमाप्रसाद अर्यालले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दर्ता गरे पनि अन्तिम समयमा फिर्ता लिएका थिए। पोखरास्थित गण्डकी मेडिकल कलेज तथा अस्पतालका सञ्चालक अर्यालका विरूद्ध जिल्लाका नेता, कार्यकर्ता उभिएपछि उनले मनोनयन फिर्ता लिएको जनाएको छ।

२०७४ को प्रतिनिधि सभा निर्वाचनमा व्यवसायी अर्यालले एमाले उम्मेदवार पद्मा अर्याललाई जिताउन भूमिका खेलेको आरोप छ। नेपाली कांग्रेसका आर्थिक सल्लाहकार रहेका अर्याललाई निर्वाचनमा विपक्षी पार्टीलाई सहयोग गरेको भन्दै कांग्रेसले स्पष्टीकरण सोधेको थियो। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com