Home समाचार स्याङ्जा जिल्ला सभापतिका दावेदार महाधिवेशन प्रतिनिधिमै पराजित

स्याङ्जा जिल्ला सभापतिका दावेदार महाधिवेशन प्रतिनिधिमै पराजित

by ईलालटिन
0 comment

स्याङ्जा । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगतको अधिवेशनमा स्याङ्जाका कार्यवाहक सभापति बुद्धिबहादुर राना (कुमार राना) प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् ।  सभापति रानाले ४ सय ३७ मत प्राप्त गरेर पराजित भएका हुन् । उनी जिल्ला सभापतिका दावेदार रहेका थिए । पराजित राना नेता गोपालमान श्रेष्ठ निकटका नेताका रुपमा चिनिन्छन् । महाधिवेशन प्रतिनिधिमा पराजित भएपछि उनी जिल्ला सभापतिको उम्मेदवार बन्नबाट बन्चित भएका छन् । सभापतिका दाबेदार अर्का दावेदार राजु थापा भने सर्वाधिक ८ सय २३ मत ल्याएर विजयी भएका छन् ।

यस्तै निर्वाचन क्षेत्र नम्बर १ मा तुलसीराम रेग्मी सभापतिमा विजयी भएका छन् । रेग्मीले कुल १०१२ मतमा ६३९ मत प्राप्त गरी विजयी भएका हुन् । क्षेत्रीय सभापतिमा विजयी रेग्मीले प्रतिस्पर्धी ओमबहादुर भट्ट क्षेत्री र दुर्गा प्रसाद पौडेललाई पराजित गरेका हुन् । उनका प्रतिस्पर्धी क्षेत्रीले ३१४ र पौडेलले २६ मत प्राप्त गरेका छन् । कुल मतदाता १०२९ रहेको निर्वाचन क्षेत्र नम्बर १ मा १०१२ मत खसेको थियो । क्षेत्री संस्थापन –गोपालमान) पक्षका हन् भने रेग्मी राजु थापा पक्षकारुपमा परिचित छन् । त्यसैगरी क्षेत्रीय समितिको सचिवमा रेग्मीका प्यानलका मनोज मल्ल र सूर्यप्रसाद शर्मा लामिछाने विजयी भएका छन् । सहसचिवमा ध्रुर्व शर्मा र पशुपती पोखरेल विजयी भएका छन् ।

त्यसैगरी महाधिवेशन प्रतिनिधिमा अजित क्षेत्री ७ सय ५, तुलसी गिरी ६ सय ८०, गोविन्द रानाभाट ५ सय ५६ , भरतप्रसाद लम्साल ५ सय ३८, डोलबहादुर खड्का ५ सय २३, प्रेमराज पौडेल ५ सय १४, इन्द्रबहादुर रिजाल ४ सय ७५, भूमिबहादुर गुरुङ ४ सय ६७ र श्रीराम उपाध्याय ४ सय ५१ मत पाएर विजयी भएका छन् । त्यसैगरी इन्द्रबहादुर गोदारले ४ सय ३६, केशवराज लम्साल ३ सय ३८०, गोविन्दकुमार कर्माचार्य २ सय ९७, डिलबहादुर खत्रीक्षेत्री २ सय २१, दीर्घनारायण शर्मा २ सय ३१, दिपक शर्मा वाग्ले ३ सय ९८,पवन नेपाल २ सय ३८, प्रेमबहादुर केसी २ सय ४५, यामबहादुर गुरुङले ४ सय २०  मत प्राप्त गरेका छन् । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com