Home विशेष भक्तपुर र बर्दिवासमा समुदायस्तरीय घरदैलो नर्सिङ सेवा सञ्चालन हुँदै

भक्तपुर र बर्दिवासमा समुदायस्तरीय घरदैलो नर्सिङ सेवा सञ्चालन हुँदै

by ईलालटिन
0 comment

काठमाडौं ।  नेपाल सरकारले पहिलोपटक समुदायस्तरीय घरदैलो नर्सिङ सेवा सञ्चालन गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य महाशाखाले भक्तपुर नगरपालिका र बर्दिवास नगरपालिकामा घरदैलो सेवा सञ्चालन गर्न लागेको हो ।  महाशाखाका अनुसार घरदैलो नर्सिङ सेवाको पूर्व तयारीस्वरुप सम्बन्धित जिल्लामा एक हप्ते अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ । भक्तपुर नगरपालिकामा प्रदेश सांसद प्रेम सुवालले कार्यक्रमको उद्घाटन गरेका छन् ।

उनले कार्यक्रमलाई वैज्ञानिक र प्रविधिमैत्री बनाई स्थानीय भाषामा स्थानीय नागरिकहरूसँग कुरा गर्न आग्रह गरेका छन् । सरकारले स्वास्थ्य बिमा कार्यक्रम लागू गरे पनि आवश्यक रकम भुक्तानी नभएको र दीर्घरोगीहरुलाई वितरण गर्ने औषधिमा मनपरितन्त्र लागू भएको आरोप लगाए । सो प्रवृत्ति अन्त्य गर्न अनुगमन गर्न समेत उनले आग्रह गरेका छन् ।  -स्वास्थ्य विभाग नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाका निर्देशक प्रा. गोमादेवी निरौलाले सात दिने तालिममा पहिलो दिन नगरपालिकाभित्रका जनप्रतिनिधि र बाँकी ६ दिन स्वयंसेविका तथा नर्सहरूलाई अभिमुखीकरण दिने बताइन् । तालिम सम्पन्न भएपश्चात केही दिनमा घरदैलो  नर्सिङ सेवा सञ्चालन गर्ने उनको भनाइ छ ।  रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com