Home समाचार स्थानीयवासीले बन्द गरे गोदावरी सडक

स्थानीयवासीले बन्द गरे गोदावरी सडक

by ईलालटिन
0 comment

काठमाडौं । हरिसिद्धि टौखेल सडक कालोपत्रे नगरेको भन्दै स्थानीयवासी सडक नै बन्द गरेर प्रदर्शनमा उत्रिएका छन् । ललितपुर ठैव बाँडेगाँउका कृष्णमुकुन्द महर्जनका अनुसार बाँडेगाँउ, सिभिलचोक ठैबमा डोरी, ड्रम, साइकल र ढुंगा लगायतका सामान राखेर सोमबार बिहानैदेखि बाटो बन्द गरिएको छ ।

लामो समयदेखि ठेकेदारले सडक कालोपत्रे गर्ने भने पनि कामै नगरेपछि सडक बन्द गरेर आन्दोलन गर्नुपरेका महर्जनले बताए । लामो समयसम्म सडकमा ग्राभेल राखेर छोडेपछि सडक खाल्टैखाल्टामा परिणत भएको छ ।  उनका अनुसार स्थानीयलाई बाँडेगाँउस्थित प्रहरी वृत्तबाट वार्ताका लागि बोलाइएको छ । स्थानीयवासी सल्लाह गरेर वार्तामा जाने तयारी भइरहेको छ ।

गोदावरी नगर १४ का वडाध्यक्ष जगतनाथ महर्जन कच्ची सडकमा धुलोधुवाँ उडेर सडक वरपरका बासिन्दा बस्नै नसक्ने अव-स्था आएको र स्थानीयलाई सडक बन्न लागेको छ भनेर आफूले सम्झाउने अवस्था नरहेको बताउँछन् । उनी भन्छन्, ‘खाल्टोका कारण धेरै मोटरसाइकल लडिसके । स्थानीयलाई सास्ती छ ।’ स्थानीय प्रशासन र मन्त्रालयसम्म ठेकेदारलाई छलफलमा ल्याउँदा मंसिरसम्म बनाइसक्ने आश्वासन दिएको जानकारी दिँदै उनी भन्छन्, ‘भोलिबाटै काम नगरे स्थानीयले अझैं केहीदिन बन्द गर्ने बताएका छन् । यो सडक सिएम कन्स्ट्रक्सनले कालोपत्र गर्न ठेक्का पाएको थियो । केही समयअघि गोदावरीको बाँडेगाँउदेखि बसपार्कसम्म १६ मिटर कालोपत्र भइसकेको छ ।रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com