Home समाचार देशलाई समृद्धिको दिशातर्फ अग्रसर गराउन काँग्रेसले मात्र सक्छ : सञ्चारमन्त्री कार्की

देशलाई समृद्धिको दिशातर्फ अग्रसर गराउन काँग्रेसले मात्र सक्छ : सञ्चारमन्त्री कार्की

by ईलालटिन
0 comment

सुनसरी । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देशलाई समृद्धिको दिशातर्फ अग्रसर गराउन काँग्रेसले मात्र सक्ने दाबी गरेका छन् । सुनसरीको कोशी गाउँपालिका–१ स्थित लौकहीमा नेपाली काँग्रेस सुनसरी क्षेत्र नम्वर ४ को क्षेत्रीय अधिवेशनलाई उद्घाटन गर्दै मन्त्री कार्कीले उनले जनताको अभिलाशा तथा अकांक्षा पूरा गर्ने एकमात्र पार्टी कांग्रेस मात्र भएको बताए ।

जनताको अधारभूत आवश्यक्ता शिक्षा, स्वास्थ्य, सडक, बत्तीलगायत विकास निर्माण विभिन्न कार्य पूरा गर्ने पार्टी काँग्रेस नै भएको मन्त्री कार्कीले दाबी गरे ।  उनले काँ-ग्रेस सबै जातजाति, भाषा, धर्म, संस्कृति र देशका कुनै पनि कुनामा बसेका व्यक्तिको साझा पार्टी भएको बताए । मन्त्री कार्कीले पार्टीलाई बालियो र प्रभावकारी बनाउन सबै एकजुट हुन आवश्यक रहेकामा जोड दिए । काँग्रेसको नेतृत्वमा वडादेखि केन्द्रसम्ममा योग्य सक्षम र कांग्रेसको सङगठनलाई बलियो बनाउन सक्ने नेतृत्वलाई चयन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाली काँग्रेस १ नम्बर प्रदेश संसदीय दलका नेता राजीव कोइरालाले सहमति, सहकार्य र एकतालाई अव-लम्बन गर्न आग्रह गरे । कार्यक्रममा सङ्घीय सांसद सीताराम मेहता, इनरुवा नगर प्रमुख राजन मेहता, हरिनगरका अध्यक्ष गफार अन्सारी, सुनसरी कांग्रेसका सचिव केदार भण्डारी, कोषाध्यक्ष पङ्कज महतो, पूर्वसभापति रामबहादुर बस्नेत, प्रदेशका सभापति हारुण अन्सारी र उपेन्द्र कटवाललगायतका नेताको सहभागिता थियो । कार्यक्रम क्षेत्री सभापति तथा कोशी गाउँपालिकाका अध्यक्ष अयुव अन्सारीको अध्यक्षतामा सम्पन्न भएको थियो । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com