107
काठमाडौं । संस्कृतिविद् सत्यमोहन जोशीले आफूसँग भएको पुरानो राहदानी (पासपोर्ट) सरकारलाई बुझाएका छन् । परराष्ट्रमन्त्री डा.नारायण खड्काले नेपालको पहिलो विद्युतीय राहदानी (ई–पासपोर्ट) उपलब्ध गराएपछि डा. जोशीले एमआरपी पासपोर्ट राहदानी विभागका निर्देशक डोरनाथ अर्याललाई हस्तान्तरण गरेका हुन् ।
सरकारले आजदेखि नेपालमा विद्युतीय राहदानी परीक्षण वितरण थालेको छ । परराष्ट्रमन्त्री खड्काले राहदानी वैयक्तिकरण केन्द्र उद्घाटन गरी संस्कृतिविद् जोशीलाई पहिलो ई-पासपोर्ट उपलब्ध गराएका हुन् । रातोपाटी ।