Home बुलेट न्युज भारतबाट नगद र गरगहना चोरी गरेर ल्याएपछि पक्राउ परे दुई नेपाली

भारतबाट नगद र गरगहना चोरी गरेर ल्याएपछि पक्राउ परे दुई नेपाली

by ईलालटिन
0 comment

काठमाडौं । भारतबाट नगद र गरगहनालगायत सामान चोरी गरेर ल्याएको सूचनाका आधारमा छापा मार्दा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। सशस्त्र प्रहरीको सहयोगमा नेपाल प्रहरीले कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर १ पटैयास्थित लालबहादुर शाहीको घरबाट गरगहना बरामद गरी दुई जनालाई पक्राउ गरेको हो। उनीहरूलाई मंगलबार पक्राउ गरिएको थियो। उनीहरूले भारतको ब्याङ्लोरबाट नगद तथा गरगहना चोरी गरेर ल्याएको भन्ने सूचनापछि प्रहरीले छापा मारेको थियो।

छापा मार्ने क्रममा कञ्चनपुरको बेलौरी नगरपालिका १ फटैयाका ३८ वर्षीय लालबहादुर शाही र कैलाली चिसापानीका ३५ वर्षीय विष्णु शाहीलाई पक्रा-उ गरिएको प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले बताए। उनीहरूको साथबाट ल्यापटप चार थानसमेत बरामद गरिएको छ। नगद भारतीय ४३ हजार दुई सय, हङकङ डलर ४०, थाइल्याण्ड भाट एक हजार दुई सय साठी, अमेरिकी डलर एक हजार पाँच, क्यानडियन डलर दुई हजार आठ सय दस, मलेसियन रिंगिटी २३, सिंगापुर डलर १८, कतार रियाल १, दुबई दिराम १३०, चाइनिज युवान १६१ पनि बरामद भएको छ। सुनजस्तो देखिने पदार्थका गहना पनि बरामद भएको चतुर्वेदीले बताए।सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
elaltin77@gmail.com
nepalkomaya77@gmail.com

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com