Home समाचार उच्चस्तरीय राजनीतिक समन्वय समितिको पहिलो बैठक बस्दै

उच्चस्तरीय राजनीतिक समन्वय समितिको पहिलो बैठक बस्दै

by ईलालटिन
0 comment

काठमाडौं ।  सत्ता गठबन्धनले उच्चस्तरीय राजनीतिक समन्वय समितिको आज मंगलबार बैठक बस्दै छ । बैठक दिउँसो २ बजेका लागि तय भएको नेकपा माओवादी केन्द्रबाट समितिको सदस्य रहेका नेता नारायणकाजी श्रेष्ठले बताए । उनका अनुसार सिंहदरबारमा बस्ने बैठकमा छलफल गरेर एजेण्डा तय गर्ने तयारी छ ।

‘पहिलो बैठक हो । बैठकमा त्यहीँ छलफल गरेर विषयवस्तु तय गरिन्छन्’, नेता श्रेष्ठको भनाइ छ । समितिको संयोजक नेपाली काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल रहेका छन् । सत्ता गठबन्धनले सरकारलाई सहयोग गर्न भन्दै गत कात्तिक २२ गते ५ दल र सरकारका प्रतिनिधि समेत रहने गरी ११ सदस्यीय समिति गठन गरेको थियो । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
elaltin77@gmail.com
nepalkomaya77@gmail.com

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com