Home समाचार ट्याक्टर अनियन्त्रित भएर सैलुनमा ठक्कर दिँदा एकको मृत्यु, चार घाइते

ट्याक्टर अनियन्त्रित भएर सैलुनमा ठक्कर दिँदा एकको मृत्यु, चार घाइते

by ईलालटिन
0 comment

राजविराज ।  पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिकामा ट्याक्टरको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ।सोमबार भएको दुर्घटनामा चार जना गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमा खडक नगरपालिका–६ की ७० वर्षीया अनारदेवी पासवान रहेकी छिन्। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स१त ७०१९ नम्बरको ट्याक्टर अनियन्त्रित भई स्थानीय प्रकाश साहको घरमा रहेको सैलुनमा ठोक्किएको थियो।

गम्भीर घाइते पासवनको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। ट्याक्टरको ठक्करबाट खडक नगरपालिका–९ लालपट्टिका ४५ वर्षीय श्याम ठाकुर, ३५ वर्षीय किसुनलाल ठाकुर, राजविराज नगरपालिका–९ मलेठका ३५ वर्षीय रवीन्द्र ठाकुर र खडक नगरपालिका–६ चकवाका २३ वर्षीय अर्जुन चौधरी घाइते भएका छन्।  घाइतेको स्थानीय युनिभर्सल अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com