Home समाचार प्रहरीका ८ जना एसपीहरू एसएसपीमा बढुवा सिफारिस

प्रहरीका ८ जना एसपीहरू एसएसपीमा बढुवा सिफारिस

by ईलालटिन
0 comment

काठमाडौं । नेपाल प्रहरीका ८ जना प्रहरी उपरीक्षक (एसपी)हरूलाई वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवा गर्न सिफारिस गरिएको छ । सोमबार साँझ गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकको निर्णय अनुसार जनपद समूहतर्फ सिफारिस सूची प्रकाशन गरिएको हो ।

विकास राज खनाललाई एक नम्बरमा एसएसपीमा बढुवा गर्न सिफारिस गरिएको छ । बढुवा सिफारिस हुनेहरूमा सुदीप राजभण्डारी,  अनुराग कुमार द्विवेदी, राजेन्द्र सिंह खड्का, योग बहादुर पाल, टिका बहादुर केसी, ध्रुवराज राउत र भोलाबहादुर रावल छन् । २०७८ वैशाखदेखि एसएसपीको दरबन्दी खाली भए पनि गृह मन्त्रालयले बढुवा सिफारिस गरेको थिएन । ६ महिनादेखि खाली रहेको पदमा बढुवा नगरेर डीआईजी थप्न चलखेल गरेपछि त्यसबारे आलोचन हुँदै आएको थियो । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com