Home पत्रपत्रिका कुलमानलाई निरन्तरता दिने मन्त्री पुनको प्रस्ताव

कुलमानलाई निरन्तरता दिने मन्त्री पुनको प्रस्ताव

by ईलालटिन
0 comment

काठमाडौं, १५ भदौ । यही भदौ २९ गतेदेखि कार्यकाल सकिने नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङलाई निरन्तरता दिनेगरि उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनले अन्तिम तयारी गरेका छन् । उनले घिसिङलाई उक्त पदमा निरन्तरता दिनेगरि प्रस्ताव तयार पारिसकेका छन् ।

घिसिङको पक्षमा जनमाहोल देखेपछि सरकार उनलाई निरन्तरता दिने पक्षमा पुगेको हो । स्रोतकाअनुसार प्रधानमन्त्री केपी शर्मा ओली अहिलेपनि घिसिङलाई निरन्तरता दिनेबारे सकारात्मक देखिएका छैनन् । तर, मन्त्री पुनले घिसिङलाई निरन्तरता दिनेगरि प्रस्ताव तयार पारेको र यस सम्बन्धमा प्रधानमन्त्री ओलीलाई पनि पूर्व जानकारी गराईसकेका छन् ।

कुलमानलाई निरन्तरता दिनेगरि प्रस्ताव तयार, प्रधानमन्त्री ओली सकारात्मक !

मन्त्री पुनले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि घिसिङलाई निरन्तरता दिनेबारे छलफल गरेका थिए । दाहाल त सुरुदेखि नै घिसिङलाई निरन्तरता दिनुपर्ने पक्षमा छन् । माहोल पनि घिसिङकै पक्षमा देखिएकोले उनलाई निरन्तरता दिन विज्ञहरुले पनि आवाज उठाईरहेका छन् । घिसिङ लोडसेडिङ अन्त्य गरेको जस एक्लै लिन खोजेको र सरकारलाई जस नदिएको भन्दै प्रधानमन्त्री ओली उनीसँग असन्तुष्ट छन् । – रिपोर्टस् नेपालबाट

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com