Home समाचार हिजोको केन्द्रीय समिति बैठकपछि महाधिवेशन हुन्छ भन्ने ढुक्क भएको छ: गगन थापा

हिजोको केन्द्रीय समिति बैठकपछि महाधिवेशन हुन्छ भन्ने ढुक्क भएको छ: गगन थापा

by ईलालटिन
0 comment

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले केन्द्रीय समिति बैठकपछि भने अब महाधिवेशन हुन्छ भन्ने ढुक्क भएको बताएका छन्। आइतबार बूढानिलकण्ठमा बसेको केन्द्रीय समिति बैठकले महाधिवेशन गर्न विभिन्न उपसमिति गठन र प्रदेश अधिवेशन गर्न सात संयोजक तोकेको थियो। काठमाडौं महानगर कांग्रेसका नवनिर्वाचित समितिका पदाधिकारीलाई सम्मान तथा बधाई ज्ञापन गर्न आज बिहान आयोजित कार्यक्रममा थापाले भने, ‘हिजोको बैठकपछि भने अधिवेशन हुन्छ भन्ने ढुक्क भएका छौं, पार्टीले होटल र हल बुक गर्न थाल्यो।’

कांग्रेसले १४ औं महाधिवे-शन मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा गर्दैछ।पटकपटक महाधिवेशन सरेकोले यो मितिमा पनि महाधिवेशन हुनेमा शंका थियो।थापाका अनुसार निर्वाचन आयोगले बारम्बार दिएको दबाबपछि मात्रै अहिले नै महाधिवेशन गर्ने अवस्थामा पार्टी पुगेको हो।महाधिवेशन हुन्छ भन्ने अवस्था थिएन। निर्वाचन आयोगले तारन्तार दबाब नदिएको भए वा पुस पहिलो साताभित्र नयाँ नेतृत्वको नाम आयोगमा बुझाउनुनपर्ने भए अहिले नै हामी महाधिवेशन गर्दैनथ्यौं होला,’ उनले भने, ‘यो सामुहिक क्षयिकरणको प्रमाण हो। हामीले विधानको सर्वोच्चतालाई स्थापित गर्न सकेनौं।’ उनले १३ लाख मत थप गरे मात्रै कांग्रेस अब पहिलो पार्टी बन्ने बताए। नयाँ मतदातालाई पार्टीमा आकर्षित गर्ने गरी काम गर्नुपर्ने उनले बताए। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com