Home बुलेट न्युज पर्वतमा थप एक जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १०९

पर्वतमा थप एक जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १०९

by ईलालटिन
0 comment

पर्वत । जिल्लामा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा जलजला गाउँपालिका ७ का ३५ बर्षिय पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यो संगै पर्वतमा संक्रमित हुनेको संख्या १ सय ९ पुगेको छ । संक्रमण पुष्टि भएका पुरुष क्वारेन्टाइनमा बस्दै आएको र आइसोलेसनमा लैजाने तयारी भैरहेको जिल्ला संकट ब्यबस्थापन केन्द्र(डिसिसिएमस)का प्रबक्ता प्रबिण भण्डारीले जानकारी दिनुभयो ।

पर्वतमा हाल सम्म संक्रमित मध्ये १ सय ३ जना कोरोना निको भएर डिस्र्चाज भैसकेका छन भने ६ जनाको पर्वत कोरोना अस्थायी अस्पतालमा उपचार भैरहेको छ। उनीहरुमा पनि कुनै लक्षण नदेखिएको भण्डारीले बताउनुभयो ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com