Home विशेष विदेशीको काम गर्नैका लागि पाँच दलीय गठबन्धन: सिपी मैनाली

विदेशीको काम गर्नैका लागि पाँच दलीय गठबन्धन: सिपी मैनाली

by ईलालटिन
0 comment

चितवन । नेकपा मालेका महासचिव सिपी मैनालीले पाँच दलीय गठबन्धन विदेशपरस्त रहेको आरोप लगाएका छन् नारायणगढमा पार्टीको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले विदेशीले भनेका काम गर्नैका लागि पाँच दलको गठबन्धन बनेको आरोप लगाए। ‘विदेशीको काम गर्नका लागि पाँच दलीय गठबन्धन बन्यो, त्यसमा अदालतले पनि स्वीकृति दियो,’ महासचिव मैनालीले भने, ‘सरकार एमसिसी पास गर्न खोज्दैछ, देउवा एमसिसी जपिरहेका छन्।’

उनले नेकपा एमाले र माओवादीबीचको एकताको प्रसंग कोट्याउँदै रत्यौली खेलेर दुनियाँ हँसाएको टिप्पणी गरे।निर्वाचनमा झण्डै दुई तिहाइ मत ल्याउँदा सबैले वाह, वाह भने, तर दुई वर्षपछि नै तमासा देखाउन थाले,’ उनले भने, ‘दुनियाँ खित्का छोडेर हाँसे, कम्युनिष्ट पार्टीको हैसियत, मर्यादा र सीमाना नागेर बदनाम गरे। उनले एमाले र माओवादी पार्टी नाम मात्रको कम्युनिष्ट पार्टी रहेको भन्दै उनले नेकपा मालेले जनक्रान्तिलाई सफल पारेरै छाड्ने बताए। पार्टीका स्थायी समिति सदस्य डम्बर श्रेष्ठले सच्चा कम्युनिष्ट शक्तिलाई एकताबद्ध बनाउन नेकपा मालेले प्रयास गर्ने बताए।  नेकपा मालेको महाधिवेशन कात्तिक २९ गतेसम्म चल्नेछ। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com