Home अर्थ/वाणिज्य सनराइज बैंकले ७ प्रतिशत बोनस सेयर दिने

सनराइज बैंकले ७ प्रतिशत बोनस सेयर दिने

by ईलालटिन
0 comment

काठमाडौं ।  सनराइज बैंक लिमिटेडले ७ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको ६.६५ प्रतिशत बोनस शेयर र सोमा लाग्ने कर प्रयोजनार्थ ०.३५ प्रतिशत नगद लाभांश गरी कुल ७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो।

बैंकले सेयरधनीह-रुलाई ६३ करोड ९ लाख रुपैयाँ बोनस सेयर दिने भएको छ । कात्तिक २२ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ। हाल बैंकको चुक्ता पूँजी ९ अर्ब ४८ करोड ७९ लाख ४४ हजार ४९९ रुपैयाँ ३९ पैसा रहेको छ।

६.६५-प्रतिशतका दरले बोनस शेयर वितरण गरेपश्चात बैंकको चुक्ता पूँजी १० अर्ब ११ करोड ८८ लाख ९२ हजार ८०८ रुपैयाँ पुग्नेछ। अघिल्लोआव २०७६/७७ बाट बैंकले ५.८० प्रतिशत बोनस र २.४८ प्रतिशत नगद गरी ८.२८ प्रतिशत लाभांश वितरण गरेकोे थियो । सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com