Home समाचार प्रस्तावित ३ राजदूतको संसदीय सुनुवाइ प्रक्रिया सुरू

प्रस्तावित ३ राजदूतको संसदीय सुनुवाइ प्रक्रिया सुरू

by ईलालटिन
0 comment

काठमाडौं ।  सरकारले राजदूतमा सिफारिस गरेका तीन जनाको संसदीय सुनुवाइ प्रक्रिया सुरू भएको छ। बेलायतको राजदूतमा ज्ञानचन्द्र आचार्य, भारतको राजदूतमा शंकरप्रसाद शर्मा र अमेरिकाको राजदूतमा श्रीधर खत्रीलाई पठाउन गत कात्तिक ११ को मन्त्रिपरिषदबाट सिफारिस भएको थियो। उनीहरूलाई राजदूतमा सिफारिस गरेको जानकारी कात्तिक १२ मा संसदीय संसद सचिवालयमा पुगेको थियो।

संघीय संसद सचिवालयले आज सूचना निकालेर राजदूत पदमा नियुक्तिका लागि सिफारिस भएकाहरूविरूद्ध उजुरी भए दिनका लागि आह्वानसमेत गरेको छ। राजदूतमा पदमा उनीहरूलाई नियुक्त गर्न उपर्युक्त छैन भन्ने लागेमा स्पष्ट आधार र प्रमाणसहित कात्तिक २६ गतेभित्र संसदीय सुनुवाइ समितिको कार्यालयमा उजुरी दिनसमेत भनिएको छ। प्रस्तावित राजदूतहरूविरूद्ध उजुरी आएपछि त्यो अध्ययन गरेर संसदीय सुनुवाइ समितिले अनुमोदन गर्ने वा नगर्ने निर्णय गर्ने गर्छ। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com