काठमाडौं । नेपाल राष्ट्र बैंकको बबरमहलस्थित टक्सार विभागमा असर्फी किन्नेको भीड लागेको छ।तिहारमा बिक्रीका लागि विभागले आह्वान गरेपछि मंगलबार सुन र चाँदीको असर्फी किन्नेहरुको घुँईचो लागेको हो। असर्फी किन्नका लागि विभागले कोटा निर्धारण गरेको हुन्छ।
कोटाभन्दा बढी मानिसको घुइँचो देखिएपछि सुनको असर्फी नपाउने भईयो भनेर कोटेश्वरका निरज पौडेल निराश देखिएका छन्। उनले चाँदीको असर्फी भने पाउने आशा गरेका छन्। हरेक वर्ष असर्फी किन्न टक्सार विभागमा पुग्ने गरेको सिनामंगलका विजय उपाध्यायले पनि भिडका कारण यस वर्ष सुनको असर्फी पाउने आशा मारेका छन्। उनले चाँदीको असर्फी भने आउने आशा व्यक्त गरे।