सुर्खेत । नेपाली कांग्रेस प्रदेश सभा दलका नेता जीवनबहादुर शाहीले कर्णाली प्रदेशको मुख्यमन्त्रीमा दावी पेश गर्न लागेका छन्। उनले आजै दिउँसोसम्म दावी पेश गर्ने तयारी छ मुख्यमन्त्रीमा दाबी पेश गर्न चाहिने कागजी दस्तावेज तयार गर्ने काम भईरहेको कांग्रेस प्रदेशसभा दलका सचेतक हिमबहादुर शाहीले बताए। ‘सत्ता साझेदार दलहरुको सहभागितामा दावी पेश गरिन्छ, अहिले त्यसको लागि तयारी चलिरहेको छ,’ उनले सेतोपाटीसँग भने।
प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले मंगलबार बेलुका साढे ७ बजेभित्र मुख्यमन्त्रीको लागि दावी पेश गर्न आह्वान गरेका छन्।माओवादीका महेन्द्रबहादुर शाहीले सोमबार मुख्यमन्त्रीबाट राजीनामा दिएपछि कांग्रेसका जीवन शाही नेपालको संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त हुँदैछन् । जस अनुसार नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)को समर्थन उनलाई हुने छ । सचेचक शाहीका अनुसार आजै मुख्यमन्त्रीको सपथ हुनेछ । रातोपाटी ।