127
शङ्कर थापाको नयाँ गीत ‘सार्टनैको चोली’ को भिडियो सार्वजनिक भएको छ । गायक तथा सङ्गीतकार थापा र गायिका दीपा लामाको स्वर रहेको गीत आइतबार युट्युबमा सार्वजनिक गरिएको हो ।
अम्बिका गुरुङको शब्द रहेको गीतमा थापा स्वयंले सङ्गीत पनि भरेका छन् । सार्वजनिक गीतको भिडियोमा कार्टुन क्रुजका सरोज अधिकारी र आश्मा विश्वकर्माको अभिनय छ । गम्भीर विष्टले कोरियोग्राफी गरेको भिडीयोलाई व्रतराज आचार्यले निर्देशन गरेका हुन् ।