Home समाचार एमाले केन्द्रीय कमिटी बैठक बस्दै

एमाले केन्द्रीय कमिटी बैठक बस्दै

by ईलालटिन
0 comment

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्ने भएको छ। बिहीबार स्थायी कमिटीले गरेका निर्णय अनुमोदनका लागि तुल्सीलाल स्मृति प्रतिष्ठानमा आज केन्द्रीय कमिटी बैठक बस्ने भएको हो। बैठक बिहान ११ बजेका लागि बोलाइएको पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए। बैठकमा वडा तथा पालिका अधिवेशनको समीक्षालगायत विषयमा छलफलसमेत हुनेछ।

साथै एमालेले पार्टी महा-धिवेशनमा आउने प्रतिनिधिबारे बिहीबार स्थायी कमिटीमा छलफल गरेको थियो। एमालेले मंसिर १० देखि १२ सम्म चितवनमा दसौं महाधिवेशन गर्दैछ। महाधिवेशनमा एक हजार पाँच सय ३६ जना महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन्। प्रतिनिधि सभा क्षेत्रबाट महाधिवेशन प्रतिनिधि चयन गरिनेछ। महाधिवेशन तयारीलगायत विषयमा आज केन्द्रीय कमिटी बैठकमा पनि छलफल हुने नेताहरूले बताएका छन्। रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com