Home समाचार मोहन वैद्य अस्पतालबाट डिस्चार्ज

मोहन वैद्य अस्पतालबाट डिस्चार्ज

by ईलालटिन
0 comment

काठमाडौं । दमको समस्या बढेर थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य(किरण) डिस्चार्ज भएका छन्। स्वास्थ्य समस्यामा सुधार भई सामान्य अवस्था बनेपछि उनलाई आइतबार अपरान्ह डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ। दमको समस्या बढेपछि उनलाई गत आइतबार नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो। त्यसपछि वार्डमा सारेर उपचार थालिएको थियो।

सो क्रममा उनको अवस्था खतरामुक्त र सामान्य बनेपछि डिस्चार्ज गरिएको उपचारमा संलग्न चिकित्सकहरूले जानकारी दिएका छन्। उनी अस्पतालमा रहँदा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, उपराष्ट्रपति नन्दकिशोर पुन, गृहमन्त्री बालकृष्ण खाण लगायत नेता तथा उच्च सरकारी अधिकारीले भेटेर स्वास्थ्यलाभको कामना गरेका थिए। डिस्चार्ज हुँदै गर्दा नेता वैद्यले आफ्नो उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीको टिमप्रति आभार व्यक्त गरेका थिए। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com