Home समाचार १४ वर्षपछि बढ्ने भयो भारतमा सलाईको मूल्य

१४ वर्षपछि बढ्ने भयो भारतमा सलाईको मूल्य

by ईलालटिन
0 comment

नयाँदिल्ली । भारतमा १४ वर्षपछि सलाईको मूल्य बढ्ने भएको छ। टाइम्स अफ इन्डियाका अनुसार अल इन्डिया चेम्बर अफ म्याचेजले आगामी डिसेम्बर १ देखि सलाईको मूल्य दोब्बर बढाउने निर्णय गरेको छ। अहिले भारतमा एउटा सलाईको मूल्य १ भारू पर्छ भने डिसेम्बरदेखि २ भारू पुग्नेछ। यसअघि भारतमा सन् २००७ मा सलाईको मूल्य बढाइएको थियो, त्यतिबेला ५० पैसाबाट एक रुपैयाँ पुर्‍याइएको थियो।

उत्पादकहरूले सलाई बनाउन १४ वटा कच्चा पदार्थ आवश्यक पर्ने र ती सबैको मूल्य वृद्धि भएकाले सलाईको मूल्य पनि बढाउनु परेको बताएका छन्। भारतको तमिलनाडुमा सलाई उद्योगमा ४ लाख मानिसहरूले काम गर्छन्, तीमध्ये ९० प्रतिशत महि-ला छन्। भारतमा पछिल्लो समय पेट्रोल-डिजेललगायत इन्धनको मूल्य बढिरहेका बेला आगो बाल्न चाहिने सलाईको मूल्य पनि बढ्ने भएपछि यसले सञ्चारमाध्यममा चर्चा पाएको छ।सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com