Home बुलेट न्युज बाढीपहिरो प्रभावित क्षेत्र निरीक्षण गर्न प्रधानमन्त्री देउवा आज प्रदेश नम्बर १ जाने

बाढीपहिरो प्रभावित क्षेत्र निरीक्षण गर्न प्रधानमन्त्री देउवा आज प्रदेश नम्बर १ जाने

by ईलालटिन
0 comment

काठमाडौं ।  बाढीपहिरो र डुबान प्रभावित क्षेत्र निरीक्षणका लागि प्रधानमन्त्री शेरबहादुर देउवा आज प्रदेश नम्बर १ का जिल्लाहरूमा जाने भएका छन्। बाढीपहिरो तथा डुबानले पुर्‍याएको क्षतिको स्थलगत निरीक्षण गर्न प्रधानमन्त्री देउवा आज इलामलगायत प्रदेश नम्बर १ भित्रका जिल्लाहरू जाने कार्यक्रम छ।

प्रधानमन्त्री सुनसरी, मोरङ, इलाम र पाँचथरलगायत ठाउँ पुगेर बाढीपहिरो तथा डुवान प्रभावितहरूसँग भेट्ने कार्यक्रम छ। आज बिहान ८ बजे बाढी प्रभावित क्षेत्र गएर आजै साँझ काठमाडौं फर्किने कार्यक्रम छ।प्रधानमन्त्रीसँगै सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, ऊर्जामन्त्री पम्फा भुसाललगायत मन्त्रीहरू पनि प्रदेश नम्बर १ को बाढीपहिरो तथा डुवान क्षेत्रको निरीक्षणका लागि जाने कार्यक्रम रहेको प्रधानमन्त्री देउवाको सचिवालय स्रोतले जनाएको छ।प्रधानमन्त्री देउवा बिहीबार र शुक्रबार सुदूरपश्चिमका विभिन्न जिल्लाका बाढीपहिरो तथा डुवान क्षेत्रको निरीक्षण गरेर फर्किएका थिए। सरकारले तत्कालका लागि अस्थायी आवास बनाउन बाढीपहिरो प्रभावितलाई ५० हजार दिने बताएको छ। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com