Home बुलेट न्युज एकीकृत समाजवादी निकट कर्मचारीको भवन कब्जा गर्ने एमाले कर्मचारीको प्रयास असफल

एकीकृत समाजवादी निकट कर्मचारीको भवन कब्जा गर्ने एमाले कर्मचारीको प्रयास असफल

by ईलालटिन
0 comment

पर्सा  । नेकपा एकीकृत समाजवादी समर्थित नेपाल निजामती कर्मचारी संगठन पर्साको भवन कब्जा गर्ने नेकपा एमाले पर्साका नेताहरुको प्रयास असफल भएको छ । एमाले निकट कर्मचारीहरुले वीरगञ्जस्थित निजामति कर्मचारी संगठनको भवन योजनाबद्ध ढंगले कब्जा गर्न शनिबार पुगेका थिए ।

संगठनको भवन कब्जा गर्ने योजना बारे कर्मचारी संगठनका नेताहरुलाई थाहा पाएलगत्तै प्रतिकारमा उत्रिएपछि उनीहरुको प्रयास असफल भएको हो । एमाले विभाजन भएपछि पर्सामा निजामती कर्मचारीहरु माधव नेपाललाई समर्थन गर्दै सोही पार्टीको समर्थित संगठन भएपछि एमाले पक्षका कर्मचारीहरुले सो कार्यालयको भवन कब्जा गर्न खोजेको थियो ।नेकपा एकीकृत समाजवादी निकट कर्मचारीहरुले आफ्नो भवनमा कार्यक्रम गर्न नदिएपछि उनीहरु त्यहाँबाट फर्केर वीरगंजको घण्टाघर स्थित रोयल पार्टी प्यालेसमा पुगेर भेला गरेका थिए ।

सो संगठनलाई फुटाउन नेकपा एमाले निकट कर्मचारी संगठनका सह संयोजक लेखनाथ कोइराला, गौतम पोखरेल समेत पर्साको वीरगञ्ज पुगेका थिए । संगठनको भवन कब्जा गर्न र संगठन फुटाउने प्रयासमा एमाले पर्साका अध्यक्ष प्रभु हाजरा, प्रदेश सदस्य बसरुद्धिन अन्सारी, प्रधुमन चौहान, बीरगंज महानगर सचिव सुन्दर कुर्मीको लगायतका नेताहरु समेत लागि परेको नेकपा एकीकृत समाजवादी पर्साले आरोप लगाएका छन् । संगठनको भवन एक बर्ष अघि नेपाल निजामती कर्मचारी संगठन पर्साका अध्यक्ष अमित गिरी, संगठनका नेता सुबादार यादव लगायतको सक्रियतामा भवन निर्माण गरेका थिए । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com