Home राजनीति एमालेको दसौं राष्ट्रिय महाधिवेशन चितवनमा हुने, महाधिवेशन मूल व्यवस्थापन समिति संयोजकमा बादल

एमालेको दसौं राष्ट्रिय महाधिवेशन चितवनमा हुने, महाधिवेशन मूल व्यवस्थापन समिति संयोजकमा बादल

by ईलालटिन
0 comment

काठमाडौं । नेकपा एमालेले दसौं राष्ट्रिय महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको छ। ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठानमा आज बसेको स्थायी कमिटी बैठकले उक्त निर्णय गरेको हो। महाधिवेशन मूल व्यवस्थापन समिति संयोजकमा स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ छन्। उनको संयोजकत्वमा २१ सदस्यीय कमिटी गठन भएको स्थायी समिति सदस्य पृथ्वीसुब्बा गुरूङले जानकारी दिए।

‘विधान महाधिवेशन भव्यताको साथ सम्पन्न भएको र यसले नेपालको मूल वामपन्थी शक्ति एमालेले नै भएको सन्देश दिएको छ’, उनले भने, ‘पार्टी विभाजनले कुनै असर नगरेको बैठकले निष्कर्ष निकालेको छ।’यसअघि एमालेले कात्तिक ६ गते देशैभर वडा अधिवेशन गर्ने र कात्तिक ९ गते पालिका अधिवेशन गर्ने बताइसकेको छ। एमालेको राष्ट्रिय महाधिवेशन मंसिर १० देखि १३ गतेसम्म हुनेछ।  सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
elaltin77@gmail.com
nepalkomaya77@gmail.com

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com