काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिम लगायत मुलुकका विभिन्न क्षेत्रमा अविरल वर्षाका कारण गएकाे बाढी, पहिरो र डुबानबाट प्रभावितहरूलाई तत्काल उद्धार र राहतको व्यवस्था गर्न गृमहन्त्री बालकृष्ण खाँणलाई निर्देशन दिएका छन् । आज बिहान प्रधानमन्त्री देउवाले गृहमन्त्री खाँणलाई बोलाएर प्राकृतिक विपदमा परेकाहरूलाई तत्काल उद्धार र राहतको व्यवस्था गर्न निर्देशन दिएका हुन् ।
सुदूरपश्चिम लगायत मुलुकका विभिन्न क्षेत्रमा अविरल वर्षाका कारण गएको बाढी, पहिरो र डुबानबाट प्रभावितहरूलाई तत्काल उद्धार र राहतको व्यवस्था गर्न गृह मन्त्रीलाई निर्देशन गरेको छु’, प्रधानमन्त्री देउवाले ट्विट गरेका छन् । दुई दिनदेखि परेको अविरल वर्षाका कारण सुदूरपश्चिम लगायतका क्षेत्रमा ठूलो क्षति भएको छ । पानी पर्ने क्रम अझै नरोकिएकोले थप क्षति हुन सक्ने खतरा छ । भित्र्याउन ठिक्क पारिएको धान खेतीमा वर्षाका कारण ठूलो क्षति भएपछि किसानहरू चिन्तामा छन् । किसानहरूलाई तत्काल राहतकाे घाेषणा गर्न आवाज उठिरहेकाे छ । शिलापत्र ।