Home विशेष सुदूरपश्चिममा बाढी र पहिरोमा फसेकाहरूको हेलिकप्टरबाट उद्धार गरिँदै

सुदूरपश्चिममा बाढी र पहिरोमा फसेकाहरूको हेलिकप्टरबाट उद्धार गरिँदै

by ईलालटिन
0 comment

काठमाडौं  । अविरल वर्षाले सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरूका खोला तथा नदीमा बाढी आएको छ। बाढी र पहिरोमा परेकाहरूलाई सरकारले हेलिकप्टरबाट उद्धार गर्ने तयारीसमेत गरेको छ। नेपाली सेनाको हेलिकप्टरबाट बाढीपहिरोमा फसेकालाई उद्धार गर्न लागिएको छ। गृहमन्त्री बालकृष्ण खाणको निर्देjशनमा नेपाली सेनाको सुर्खेतस्थित स्टेसनबाट बाढी र पहिरोमा परेकाहरूको उद्धारका लागि हेलिकोप्टर उडेको मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाकी प्रमुख सहसचिव हुमकला पाण्डेले जानकारी दिइन्।

भारी वर्षाले डोटी, डडेलधुरा र कञ्चनपुर बढी प्रभावित छन्। महाशाखा प्रमुख पाण्डेका अनुसार डोटी र डडेलधुरामा एक/एक जनाको मृत्यु भएको छ भने डडेलधुरामा एक जना पुरिएर बेपत्ता छन्। केही स्थानमा बाढी र पहिरोले मानिसहरु बीचमा थुनिएको खबरसमेत आएका छन्। गृहमन्त्री खाणले आज सुदूरपश्चिमका विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र सशस्त्र प्रहरीका प्रमुखलाई टेलिफोन गरी समन्वयात्मक ढंगले उद्धार र राहतको काम तीव्र गतिमा अगाडि बढाउन निर्देशन पनि दिएका छन्। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com