Home समाचार कर्णाली प्रदेश अस्पतालमा आजदेखि अतिरिक्त समयमा विशेषज्ञ सेवा सुरू

कर्णाली प्रदेश अस्पतालमा आजदेखि अतिरिक्त समयमा विशेषज्ञ सेवा सुरू

by ईलालटिन
0 comment

सुर्खेत । अस्पतालले अतिरिक्त समयमा विशेषज्ञ सेवा सञ्चालनमा ल्याएको छ। सोमबारदेखि विभिन्न रोगहरुको विशेषज्ञ सेवाहरु अतिरिक्त समयमा दिन थालिएको हो। अस्पतालमा आजदेखि शनिबारबाहेक हप्तामा ६ दिन दैनिक दुई घण्टा अतिरिक्त विशेषज्ञ सेवा दिन थालिएको हो। बिहान ७ बजेदेखि ९ बजेसम्म विशेषज्ञ डाक्टरहरुबाट सेवाहरु प्रदान गर्न लागिएको कर्णाली प्रदेश अस्पतालले जनाएको छ।

बालरोग, मेडिसिन, सर्जरी, स्त्री तथा प्रसुती रोग, हाडजोर्नी तथा नसा रोग, नाक, कान, घाँटीसम्बन्धी रोग, छाला, सौन्दर्य तथा यौन रोग, मानसिक रोगहरुको विशेषज्ञ सेवा अतिरिक्त समय दिन थालिएको अस्पतालले जनाएको छ। अस्पतालमा आउने बिरामीलाई सहज र सरल सेवा पुर्‍याउने उद्देश्यले अतिरिक्त समय विशेषज्ञ सेवा सुचारु गरिएको अस्पतालका निर्देशक डाक्टर डम्बर खड्काले बताए।

बिहानको समयमा दिइने अतिरिक्त विशेषज्ञ सेवाको शुल्क भने नियमित शुल्कभन्दा धेरै तोकिएको छ। बिहान ७ बजेदेखि ९ बजेसम्म विशेषज्ञ सेवाको शुल्क ४ सय रुपैयाँ तोकिएको छ। -नियमित समय बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्मको शुल्क २५ रुपैयाँ छ। खड्काका अनुसार अस्पतालको क्याविनमा बसेर सर्जरी सेवा लिनका लागि ५० प्रतिशत अतिरिक्त शुल्क तोकिएको छ। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com