Home समाचार झापामा हावाहुरी र पानीले पाकेको धानमा क्षति

झापामा हावाहुरी र पानीले पाकेको धानमा क्षति

by ईलालटिन
0 comment

झापा । झापामा हावाहुरीसहित परेको पानीले पाकिसकेको धानमा क्षति पुर्‍याएको छ। गए राति आएको हावाहुरीले धान ढलेको छ। पानी परेपछि कतिपय स्थानमा काटेर पाँजा लगाइएको धानमा समेत क्षति पुगेको छ। पाकेको धान भित्र्याउन नपाउँदा किसान मर्माहत छन्। शिवसताक्षी नगरपालिकाका अधिकांश क्षेत्रमा पाकिसकेको धान पानीले नोक्सान गरिदिएको किसानले बताएका छन्। धान पाकेर पहेँलै देखिएका खेत अहिले पानीले डुबेको छ।

मेचीनगर, बिर्तामोड, झापा, कन्काई, गौरीगंज, गौरादह, हल्दिबारी, काचनलावल लगायतका क्षेत्रमा गए रातिदेखि भारी पानी परेको थियो।शिवसताक्षी नगरको शिवगञ्ज, पाँचगाछी,मंगलबारे ,पाराबारी लगायतका क्षेत्रमा पानीले धान नष्ट गरेको किसानहरुले बताएका छन्। स्थानीय किसान रामबहादुर दाहालले हावाहुरीसहित आएको पानीले धान नष्ट गरेको बताए। ‘अब दुई दिन पानीमै धानका बाला डुबे भने त कुहिन्छ,’ उनले भने।

अर्का किसान राम रायले पानीले धान डुबाएको बताए। ‘खेतमा जम्मा भएको पानी सुक्दासम्म त धान झरेर उम्रिसक्छ,’ उनले भने।-शिवस-ताक्षीका रामबहादुर न्यौपानेले दसैँपछि काटेर खेतमै सुकाएको धान उठाउन नपाउदैँ पानीले डुबाएको बताए। उनले पाँच कट्ठा खेतमा रोपेको धान काटिसकेका थिए। झापामा राधा ४, सर्जु ५२, सुख्खा ३, हर्दिनाथ १, गोरखनाथ, लोकनाथ, साबित्री, लोकतन्त्र, मिथिला, मनिसा, पृथ्वी, सुरज, चाँदनी जस्ता धानको रोपाइँ हुने गरेको छ। रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com