Home समाचार दसैं मनाउन घर जाने यात्रु ठग्न खोजेको आरोपमा सात जना पक्राउ

दसैं मनाउन घर जाने यात्रु ठग्न खोजेको आरोपमा सात जना पक्राउ

by ईलालटिन
0 comment

काठमाडौं । यात्रुसँग तोकिएकोभन्दा बढी भाडा लिन खोजेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले बढी भाडा लिएर ठगी गर्न खोजेको आरोपमा काठमाडौं उपत्यकाबाट सात जनालाई पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए। उनीहरू सातै जनालाई सोमबार पक्राउ गरेको हो।

महाशाखाले चाडपर्वलाई लक्षित गरी विशेष अपरेसन थालेको छ। पक्राउ पर्नेहरू टिकट काउन्टरको कर्मचारी हुँ भन्दै परिचय पत्र नलिई अनधिकृत रूपमा भाडा उठाउने विचौलिया भएको महाशाखाले बताएको छ। कोटेश्वरको काउन्टरबाट खोटाङ ऐंशेलुखर्क-३ का भीम निरौला र रञ्जित श्रेष्ठ, बल्खुको काउन्टरबाट सिन्धुलीका हरि कार्की, चितवनका सुदर्शन पाण्डे, बारा कलैयाका एल एक्स चौधरी, मकवानपुर भिमफेदीका प्रेम घिमिरे र बारा जितपुरका विशाल लामा पक्राउ परेका हुन्।

अरू कोही पनि ठगीमा परेको भएमा यात्रुले गुनासो गरे ट्राफिक प्रहरी खटाएर कारबाही गर्ने एसएसपी भट्टराईले बताए। ठगी, बढी भाडा लिने, दोब्बर भाडामा टिकट काट्ने लगायतको काम हुन सक्ने भन्दै महाशाखाले पीडित सहायता कक्षबाट सादा पोशाकमा प्रहरी टोली परिचालन गरेको छ। त्यसै अपरेशन अनुसार प्रहरी आफैं यात्रु बनेर कारबाही अभियान चलाइरहेको छ। पक्राउ पर्ने व्यक्तिहरूलाई आवश्यक कारबाहीका लागि सम्बन्धित महानगरीय प्रहरी वृत्तमा बुझाएको छ। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
elaltin77@gmail.com
nepalkomaya77@gmail.com

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com