Home समाचार प्रदेश १ को प्रदेश सभा बैठक दसैंपछिलाई सर्‍यो

प्रदेश १ को प्रदेश सभा बैठक दसैंपछिलाई सर्‍यो

by ईलालटिन
0 comment

विराटनगर । संविधानको आफू अनुकूल व्याख्या गर्दै प्रदेश १ सरकारले आयु लम्ब्याउन खोजेको र त्यसमा सभामुख प्रदीप भण्डारी सहयोगी बनेको विपक्षी आशंकालाई सही सावित गर्दै सभामुखले संसद् बैठक दसैंपछिलाई सारेका छन्। आइतबारको संसद् बैठकमा सोमबार एक बजेका लागि सभामुख आफैँले प्रदेशसभाको बैठक हुने निर्णय सुनाएका थिए।

सरकारले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान उल्लंघन गरेको र सभामुख त्यसमा सहयोगी भएको विपक्षी आरोप थियो। संसदमा आइतबार सभामुखको तीव्र आलोचना पनि भएको थियो। प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुलीले आइतबार साँझ सूचना जारी गर्दै भोलिका लागि आह्वान गरिएको बैठक कात्तिक ५ गते शुक्रबारका लागि मिति परिवर्तन गरिएको सूचना निकालेका छन्। यसरी मिति फेर्नुको कारणमा ‘विशेष कारण’ उल्लेख गरिएको छ। सरकारले विश्वासको मत चाहिएको सूचना आज पनि संसदमा नपठाएको संसद् सचिव गोपाल पराजुलीले जानकारी दिए। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com