महेन्द्र जिसी
पर्वत । तीन वर्ष सम्म पर्वत अस्पताल व्यवस्थापनको जिम्मा लिएको अस्पताल व्यवस्थापन समितिले बिदाइ लिएको छ ।
समितिले कार्यकालको तीन वर्ष पुगेको अन्तिम दिन पत्रकार सम्मेलन गरेर बिदाइ भएको हो ।
अस्पताल निर्माण व्यवस्थापनमा तिन वर्षको कार्यकाल शत प्रतिशत सफल रहेको दाबी समितिले गरेको छ ।
जिम्मा पाएको पहिलो वर्षलाई आधार वर्ष, दोस्रो वर्षलाई कार्यान्वयन वर्षको रूपमा र तेस्रो वर्षलाई दिगोपनाको वर्षको रूपमा अगाडि बढाउँदै कार्यकाल पुरा गरेको समितिका अध्यक्ष गोविन्द पहाडीले जानकारी गराएका हुन ।

तिन वर्षको अवधिमा पर्वत अस्पतालमा विभिन्न सेवाहरू बिस्तार गर्न सफल भएको दाबी गर्दै आगामी समितिले निरन्तरता पाउने विश्वास समितिले पत्रकार सम्मेलनमा बताएको हो ।
दक्ष चिकित्सक सहित अस्पतालमा विभिन्न उपकरण भित्राउने देखि गरिब र असहायको लागि निःशुल्क उपचार गर्ने अभिप्रायका साथ विपथ कोष स्थापना सम्मका कार्य समितिले गरेको पदाधिकारीहरूले बताएका हुन ।
अप्रेसन कक्ष स्थापना भएर पनि सेवा सुरु गर्न नसकेको अस्पतालबाट विभिन्न जटिल प्रकृतिको सुत्केरी, एपेन्डिक्स, हाइड्रोशील, हर्नियाँ तथा अन्य अप्रेसनहरू भइरहेको कार्यक्रममा जानकारी गराइएको थियो ।
१४ शय्याको अस्पताललाई विकास गरेर ५० शय्याको अस्पताल बनाउन जिल्लका सात स्थानीय सरकार केन्द्र सरकार र प्रदेश सरकारको भूमिका उल्लेख्य रहेको अस्पतालका मेसु ढुण्डिराज पौडेलले जानकारी गराए ।
आगामी समितिले पनि अस्पतालको वृत्ति विकासमा सघाउ पु¥याउने अस्पतालले अपेक्षा गरेको छ । अस्पतालमा अहिले विभिन्न सेवाका १ सय ६ जना कर्मचारीहरूले काम गरीरहेका छन् ।