Home राजनीति पर्वतको तीन पालिका र एक क्षेत्रमा राप्रपाको अधिवेशन सम्पन्न

पर्वतको तीन पालिका र एक क्षेत्रमा राप्रपाको अधिवेशन सम्पन्न

by ईलालटिन
0 comment

पर्वत । राष्ट्रिय प्रजातन्त्र पार्टी पर्वतको जिल्ला अधिवेशन प्रारम्भ भएको छ । राप्रपाले पर्वतमा वडा, पालिका, क्षेत्र र जिल्ला अधिवेशनलाई अघि बढाएको हो ।

केन्द्रीय महाधिवेशनको पूर्वसन्ध्यामा तल्लो तहका अधिवशेनलाई तीब्रता दिएको राप्रपाले आइतवार पर्वतका तीन पालिका र एक क्षेत्रको अधिवेन सम्पन्न गरेको छ ।

अधिवेशनले मोदी गाउँपालिकामा हेम शर्मा पौडेलको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति, जलजला गाउँपालिकामा जुलेश मल्लको अध्यक्षमा २१ सदस्यीय पालिका कमिटि र कुश्मा नगरपालिकामा प्रेम गुरुङ अशोकको अध्यक्षमा २१ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित गरेको छ ।

त्यसैगरी प्रदेश सभा क को अधिवेशन पनि सम्पन्न भएको छ । अधिवेशनले इच्छाबहादुर गुरुङ अध्यक्ष र राजन गुरुङ सचिब रहेको २१ सदस्यी कार्यसमिति चयन गरेको सचिब राजन गुरुङले जानकारी दिनुभयो ।

यस अघि आयोजित अधिवेशन उद्घाटन समारोहमा बोल्दै राप्रपाका केन्द्रीय सदस्य इच्छाबहादुर गुरुङले हिन्दु राज्यको स्थापना र राजसंस्थाको पुर्नस्थापनाका लागि राप्रपा निरन्तर क्रियाशिल रहने बताउनुभयो । उहाँले आगामी अधिवेशनले पार्टीलाई अझै शसक्त र बलियो शक्तिको रुपमा विकास गर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्य रणबहादुर क्षेत्री, ठाकुर भुसाल, पर्वतमाला केसी, समाजसेवी मानकुमारी गिरी, जिल्ला निर्वाचन संयोजक चन्द्रबहादुर क्षेत्री लगायतले बोल्नुभएको थियो । राप्रपा पर्वतका अध्यक्ष हेमलाल शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिब प्रभु गुरुङले गर्नुभएको थियो ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com