Home समाचार कांग्रेस दोलखाको सभापतिमा बर्मा लामा निर्वाचित

कांग्रेस दोलखाको सभापतिमा बर्मा लामा निर्वाचित

by ईलालटिन
0 comment

काठमाडौं । नेपाली कांग्रेस दोलखाको सभापतिमा बर्मा लामा निर्वाचित भएका छन्। उनी वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट मानिन्छन्। दोस्रो चरणमा सोमबार भएको मतदान र मतगणनाअनुसार बर्माले ८७७ मत ल्याएर सभापति जितेका हुन्।

सभापतिका अर्का उम्मेदवार तारा खड्काले ४८५ मत मात्रै ल्याएका थिए भने ११ मत बदर भएको थियो। खड्का पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला निकट हुन्। दोस्रो चरणमा भएको मतदानमा कूल १३७३ मत खसेको थियो।सभापतिका अर्का उम्मेदवार रूद्रबहादुर खड्का भने पहिलो चरणबाटै बाहिरिएका थिए।

सभापति शेरबहादुर देउवानिकट खड्का तेस्रो भएका थिए। कांग्रेस विधानअनुसार जिल्ला सभापति पदमा पनि तीन जना उम्मेदवार भएको खण्डमा- निर्वाचित हुन ५१ प्रतिशत मत ल्याउनुपर्ने हुन्छ। पहिलोचरणमा कसैले पनि ५१ प्रतिशत मत नल्याउँदा दोस्रो चरणमा सोमबार चुनाव भएको थियो। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com