Home अर्थ/वाणिज्य लगानीकर्ताकाे माइतीघर मण्डलामा प्रदर्शन

लगानीकर्ताकाे माइतीघर मण्डलामा प्रदर्शन

by ईलालटिन
0 comment

काठमाडौं । शेयर बजारका लगानीकर्ताले माइतीघर मण्डलामा धर्ना प्रदर्शन गरेका छन्। स्वतन्त्र पुँजीबजार सुधार संघको अगुवाइमा उक्त प्रदर्शन भएको हो। C7#शेयर बजार निरन्तर रुपमा ओरालो लाग्दा नियामक निकायहरुले सुधारका पहल कदमी नगरेको भन्दै उनीहरू आन्दोलित भएका हुन।

बजार विकास र सुधारको लागि १८ बुँदे माग पूरा नभएकाले आफुहरु आन्दोलित भएको स्वतन्त्र पुँजीबजार सुधार संघका सल्लाहकार तथा लगानीकर्ता दिपेन्द्र अग्रवालले बताए। सरकार र नियमक निकायको लापवाहीको कारण बजार निरन्तर घटेको छ । बजार यसरी छोटो समयमा निरन्तर रुपले घट्दा बजारबाट खर्बौ रुपैयाँ नोक्सानी व्यर्होनु परेको लगानीकर्ताहरुको भनाई छ। बजारबाट खर्बौको नोक्सानी भैसक्दा पनि नियामक निकाय लगानीकर्तालाई सान्त्वना र बजार सुधारको लागि पहल कदमी नचालेको आन्दोलित लगानीकर्ताहरुको आरोप छ।

नियामक निकायहरुलाई अझै झन सशक्त रुपमा झक्झक्याउनका लागि र बजार सुधारका लागि काम गरिरहेको विभिन्न संघसंस्था, बुद्धिजीवी, पत्रकारलगायत आमलगानीकर्ता हातेमालो गरेर अगाडि बढ्नुपर्नेमा उनीहरुको जोड छ। यसअघि पुँजी बजार सुधार संघर्ष समितिको अगुवाइमा लगानीकर्ताहरुले राष्ट्र बैंक घेराउ गर्नुका साथै रिले अनसन, आमरण अनसन र धितोपत्र बोर्ड घेराउ गरेका थिए। आफ्ना १८ बुँदे माग पूरा नभएको खण्डमा दशैंपछि अझ अझ सशक्त आन्दोलनमा उत्रिने अग्रवालले चेतावनी दिएका छन्। मेरोलगानी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com