Home बुलेट न्युज बिपीका उपकुलपतिलाई दैनिक कामबाहेक केही नगर्न सरकारको पत्र

बिपीका उपकुलपतिलाई दैनिक कामबाहेक केही नगर्न सरकारको पत्र

by ईलालटिन
0 comment

विराटनगर ।  सरकारले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीलाई  दैनिक प्रशासनिक कामबाहेक अन्य गतिविधि नगर्न फेरि सचेत गराएको छ। यसअघि भदौ १७ गते स्वास्थ्य मन्त्रालयले बिपी प्रतिष्ठानमा पत्राचार गर्दै दैनिक प्रशासनिक काम र अनिवार्य आर्थिक दायित्व सिर्जना हुने आर्थिक कामबाहेक प्रतिष्ठानलाई थप दायित्व सिर्जना हुने कुनै काम नगर्न भनेको थियो। तर, उपकुलपति गिरीले प्रतिष्ठानका प्राध्यापकलाई स्पष्टीकरण लिन थालेपछि सरकारले उनलाई पुनः सचेत गराएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार उपकुलपति गिरीलाई पत्राचार गर्दै ‘प्रतिष्ठानका कर्मचारी तथा प्रोफेसरलाई स्पष्टीकरण सोध्ने तथा प्रतिष्ठानमा दीर्घकालीन असर पर्ने कुनै पनि कार्य नगर्न/नगराउन’ निर्देशन दिएको हो।स्वास्थ्य राज्यमन्त्री एवम् बिपी प्रतिष्ठानका सहकुलपतिस्तरको बैठकको निर्णायानुसार भन्दै उपकुलपतिलाई मन्त्रालयले प्रेषित गरेको पत्रमा ‘सिनेट बैठकबाट निर्णय नभएसम्म दैनिक प्रशासनिक कामबाहेक अन्य काम नगर्न’ भनिएको यसअघिको निर्देशन स्मरण पनि गराइएको छ।

आर्थिक अनियमितता, प्रशासनिक अक्षमता तथा नक्कली शैक्षिक प्रमाणपत्रको विवादमा मुछिएका उपकुलपति गिरीले असोज ११ गते प्रतिष्ठानका प्रमुख स्कुल अफ पब्लिक हेल्थ एण्ड कम्युनिटी मेडिसिन विभागका प्रा. डा. पारसकुमार पोखरेलसँग तीन दिने स्पष्टीकरण मागेका थिए।प्रतिष्ठानको वार्षिकोत्सव मनाउन अग्रसरता लिएकै निहुँमा उनीमाथि उपकुलपतिले प्रष्टीकरण सोधेका थिए। उनको यो कदमको बिपीका आन्दोलनरत चिकित्सक विद्यार्थीले विरोध गरेका थिए।

बिहीबार मन्त्रालयले पत्राचार गरेरै प्रष्टीकरण नलिन र दीर्घकालीन असर पर्ने कुनै काम नगर्न गिरीलाई सचेत गराएको हो। उपकुलपति गिरीसहितका पदाधिकारीहरूलाई कारबाही थाल्न यसअघि नै सरकारी छानबिन टोलीले सिफारिस गरेको छ। डा. गिरी प्राध्यापक नभएको स्वास्थ्य मन्त्रालयले पनि प्रष्ट गरिसकेको छ। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com