अस्पतालका निर्देशक डा. दिनेश काफ्लेका अनुसार नेपाललाई ज्वरो र शारीरिक कमजोरीको समस्या छ। नेपाललाई भिआइपी उपचार कक्षको डिलक्स क्याबिनमा राखेर उपचार थालिएको काफ्लेले बताए। ‘शारीरिक कमजोरीसँगै ज्वरो आएपछि उहाँ अस्पताल भर्ना हुनुभएको छ,’ काफ्लेले सेतोपाटीसँग भने, ‘अवस्था सामान्य छ, उहाँको ज्वरो र शारीरिक कमजोरीबारे चिकित्सकको समूहले अनुसन्धान गरिरहेको छ।’
उनमा देखिएको समस्याबारे चिकित्सकले अनुसन्धान गरेपछि उपचारको थप व्यवस्थाबारे निर्क्यौल हुने काफ्लेले जानकारी दिए।शिक्षण अस्पतालका वरिष्ठ छाती रोग विशेषज्ञ डा. सन्तकुमार दाससहितको टोली नेपालको उपचारमा संलग्न रहेको उनले बताए। चिकित्सकले कोभिड परीक्षण गर्दै थप उपचार गरिरहेको काफ्लेले जानकारी दिए। ‘जुनसुकै बिरामी आए पनि उपचारसँगै कोभिड परीक्षण गरिन्छ,’ काफ्लेले भने, ‘उहाँको स्वाब संकलन भइसकेको छ। सेतोपाटी ।